गैंडाकोट नगरपालिकामा तालाबन्दी - समृद्धि खबर

Pages

Breaking

Tuesday, June 30, 2020

गैंडाकोट नगरपालिकामा तालाबन्दी

समृद्धि खबर, गैंडाकोट, १६ असार ।

गैंडाकोट नगरपालिकामा आज तालाबन्दी गरिएको छ । नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएसँगै नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरुले नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 


बजेट शंसोधन गर्दै पारित गर्नुपर्ने माग गर्दै आएका कांग्रेस निकट जनप्रतिनिधिहरुले नगरप्रमुखले पेलेर नीति तथा कार्यक्रम र बजेट पाँस गरेको आरोप समेत लगाएका छन् । 


फेरि समिक्षा गर्दै पुन नगरसभा गर्नुपर्ने अवस्था आएको भएपनि नगरप्रमुखले पेलेर लगेकाले तालाबन्दी गर्नुपरेको गैंडाकोट २ का वडा सदस्य प्रकाश सापकोटाले जानकारी दिनभयो । 









No comments:

Post a Comment

Post Bottom Ad