जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा गैंडाकोटमा बृक्षरोपण - समृद्धि खबर

Pages

Breaking

Monday, June 29, 2020

जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा गैंडाकोटमा बृक्षरोपण

हिमालदेव पंगेनी, १५ आषाढ ,


 गैैंडाकोट । तत्कालिन एमालेका महासचिव एवं जननेता मदन भण्डारीको ६९ जन्मजयन्तीको अवसरमा गैंडाकोटमा बृक्षरोपण कार्यक्रम गरिएकोे छ । राष्ट्रिय युवा संघ गैंडाकोटको आयोजनामा भएको सो वृक्षरोपण कार्यक्रम साविक युवासंघ गैंडाकोटका अध्यक्ष रमेश ढकालको अध्यक्षतामा र विदेश विभागका पुर्व सदस्य एवम् गैंडाकोट नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नवराज कंडेलको प्रमुख आतिथ्यतामा भएको हो ।


सो अवसरमा प्रमुख अतिथि कंडेलले अमला, बडर लगायतका विरुवाहरु रोपी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । वृक्षरोपण कार्यक्रम सम्पन्न भएपछि जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा पु¥याउनु योगदानको बारे चर्चा गर्दै अध्यक्ष कंडेलले जननेता मदन भण्डारीका कारण नेपालमा कम्युनिष्ठ पार्टीले करीव दुइ तिहाइको बहुमत ल्याएकोले उहाँले देखाएको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 


त्यसैगरी सो कार्यक्रममा नेकपा गैंडाकोट वडा नम्बर पाँचका पार्टी अध्यक्ष विष्णु सापकोटाले जसरी वृक्षले सबैलाई जीवन प्रदान गर्छ त्यसरीनै जननेता मदन भण्डारीले नेपालमा कम्युनिष्ट पार्टीलाई जीवन प्रदान गरेका कारण अहिले सरकार चलाउन सकिने परिस्थिती आएको बताउनुभयो । 


युवा संघका नेता विमल लम्सालले स्वागत भाषण गर्नु भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघका नवलपुर अध्यक्ष कृष्ण कंडेल, प्रेस संगठन जिल्ला सहसंयोजक हिमालदेव पंगेनी, जिल्ला सदस्य पुर्णप्रसाद खराल, वातावारण विकास तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष धु्रव अधिकारी लगायतका युवाहरुको उपस्थिति रहेको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad