'स्थानीय तहको खबर' : गाउँसभामा कुटाकुट / अध्यक्षलाई मुक्का - समृद्धि खबर

Pages

Breaking

Wednesday, June 24, 2020

'स्थानीय तहको खबर' : गाउँसभामा कुटाकुट / अध्यक्षलाई मुक्का

समृद्धि खबर, ११ असार, 


झापा ।  झापाको हल्दिवारी गाउँपालिका अध्यक्ष गाउँसभामा नै कुटिएका छन् । बुधबार भएको गाउँसभामा कुटाकुट भएको हो ।


गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई गाउँसभामा मुक्का प्रहार गरिएको हो । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।  घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।


अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका केही व्यक्तिले यो घटना गराएको बताए । कार्यक्रममा आफ्नो माग पत्रसहितको ज्ञापन पत्र दिन आएका व्यक्तिले प्रहार गरेको बताइएको छ । सो घटनामा झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको छ ।


अध्यक्ष लिङ्देनले नेकपाबाट निर्वाचित गाउँसभा सदस्यबाट आफुलाई आक्रमण भएको आरोप लगाएका छन् ।


गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटाले भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको प्रतिकृया दिए ।


विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका छन् । गाँउपालिकामा विकास निर्माणको कार्यमा कांग्रेसबाट निर्वाचित अध्यक्ष लिङ्देलले ध्यान नदिएको र आफुहरुका योजनालाई वेवास्था गरेका कारण घटना घटेको नेकपाबाट विजयी वडा अध्यक्षले जानकारी दिएका छन् । 





No comments:

Post a Comment

Post Bottom Ad