चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु चार जना घाईते - समृद्धि खबर

Pages

Breaking

Monday, June 29, 2020

चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु चार जना घाईते


समृद्धि खबर, १५ असार,


चितवन । चितवनको सत्रकिलोमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएकोे छ । सोमबार साँझ मुङलीनबाट नारायणगढतर्फ आउँदै गरेको बा=१३=च ५९२९ नम्बरको स्करपियो र एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।


दुर्घटनामा हैटौंडा ५ मकवानपुरकी ४८ वर्षीय प्रभा गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी जनाएको छ । दुर्घटनामा उनीसँगै सवार अन्य ४ जना घाईते भएका छन् । घाईतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो ।




घाईते हुनेहरुमा स्करपियो चालक ४८ वर्षीय राजन घिमिरे र सोही ठाँउ बस्ने २५ वर्षीय अनुज धितालको अबस्था गम्भीर रहेको छ भने ५३ वर्षीय कृष्ण धिताल र २७ वर्षीय बर्षा धितालको अवस्था सामान्य रहेको छ ।




घाइते सबैको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि ग्याँस बुलेटका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा क्षति भएको ग्याँस बुलेट र स्करपियो सोमबार रातीसम्म दुर्घटनास्थलमा रहेका छन् ।









No comments:

Post a Comment

Post Bottom Ad