नवजात शिशु मृत फेला - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

नवजात शिशु मृत फेला

रासस -चितवन, १२ असार ।


चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ ।


सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिनुभएको छ ।


बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले प्रहरी निरीक्षक तामाङले बताउनुभएको छ ।


प्रकाशित मिति ः ११ असार, २०७७, (बिहिबार), ३: ४०








No comments:

Post a Comment

Post Bottom Ad