हुप्सेकोट गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि - समृद्धि खबर

Pages

Breaking

Friday, June 26, 2020

हुप्सेकोट गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि

प्रिय धन, १२ असार २०७७,

हुप्सेकोट पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु मा गरिएको परीक्षण मा २ जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य शाखा हुप्सेकोटका प्रमुख कृष्णप्रसाद चापागाईले जानकारी दिनुभयो । उनीहरू दुवैजना भारतबाट आई गाउँपालिका ले तयार पारेको क्वारेन्टाइन मा बसेका थिए ।


आज पुष्टि हुने मध्ये सरस्वती संस्कृत तथा साधारण मा वि गिरूवारीको क्वारेन्टाइन मा बसेका वर्ष ४० का पुरुष हुन भने अर्का एकजना पनि सोही क्वारेन्टाइन मा बस्ने ३६ वर्षका पुरुष हुन् । वर्ष ४० का पुरुष भारतको हरियाणाबाट सुनौली नाका हुँदै र वर्ष ३६ का पुरुष मुम्बईबाट सुनौली नाका हुँदै पालिकाले व्यवस्था गरेको गाडी मार्फत हुप्सेकोट आएका थिए ।





उनीहरू दुवै जना वडा नम्बर ३ का रहेका छन् । उनीहरू दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र प्राकृतिक चिकित्सालय रजहर को आइसोलेसनमा लैजाने तयारी भएको पनि स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । यो सँगै हुप्सेकोट गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ भने नवलपुर जिल्लामा २१२ पुगेको छ ।




No comments:

Post a Comment

Post Bottom Ad