पन्छी तथा पशु चौंपाया संरक्षणमा युवा जुटे - समृद्धि खबर

Pages

Breaking

Monday, June 15, 2020

पन्छी तथा पशु चौंपाया संरक्षणमा युवा जुटे

समृद्धि खबर, गैंडाकोट, १ असार । 


वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुर पन्छी तथा पशु चौंपाया संरक्षण अभियानमा जुटेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाले अहिले भरतपुर महानगरमा रहेको धार्मिक स्थल गौंशालालाई सहयोग गरेको हो । 


जस अन्तर्गत आज गौशालाई १५ बोरा चापट, १ बोरा नुन हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको गैंडाकोट वडा नं. ५ का अध्यक्ष नवराज कंडेलले गौशालाई आज सामग्री हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रम संस्थाका अध्यक्ष थानेश्वर चालिसेको  अध्यक्षतामा  भएको  थियोे ।


 उक्त कार्यक्रममा मौलाकाली मन्दिरका अध्यक्ष आदरणीय शालिकराम सापकोटा, देवघाट क्षेत्र बिकास समितिका सदस्य नवराज ढकाल,  गौशालाका संरक्षक सन्तकुमार पोखरेललगायतको उपस्थिति रहेको जनाइएको छ । संस्थाले यस अघि पन्छी तथा पशु चौंपाया संरक्षण अभियानअन्तर्गत धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा रहेको गौशालालाई समेत यस्तै खाले सहयोग गरेको थियो । 


एक वर्ष अगाडि स्थापना भएको संस्थाले स्वास्थ्य माहामारीका बेला विभिन्न नाकाहरुमा स्यानिटाइजिङ गर्नुका साथै क्वारेन्टाइनलाई स्प्रे मेसिन हस्तान्तरण लगायतको सहयोग गर्दै आएको संस्थाका कार्यक्रम संयोजक कृष्ण कंडेलले जानकारी दिए । 






No comments:

Post a Comment

Post Bottom Ad