कृषकका पक्षमा काम गछौं ः नगर–प्रमुख पौडेल - समृद्धि खबर

Pages

Breaking

Monday, June 29, 2020

कृषकका पक्षमा काम गछौं ः नगर–प्रमुख पौडेल


पूर्णप्रसाद खराल राजन, १५ असार,
गैंडाकोट । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालिकाले कृषिको क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । सोमबार धान दिवसका अवसरमा यस क्षेत्रका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफ्नो नेतृत्वको स्थानीय सरकारले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकता दिएको बताउनुभयो । उहाँले केहि बाधा व्यवधानका कारणले सोचे जति उपलब्धि नभए पनि सन्तोषजनक अवस्था रहेको दाबी गर्नुभयो ।


 अबको दिनमा उत्पादन बिना अर्को विकल्प छैन्, ‘कृषिमा देखिने गरी कार्यक्रम ल्याईनेछ’ उहाँले भन्नुभयो । विगतदेखि आपुर्ति मुखि अभ्यास तीव्र रहेकोमा अबको दिनमा स्थानीय उत्पादनमार्फत निर्यात मुखि बन्नुपर्ने पौडेलको धारणा छ ।


अहिले पनि नगरपालिका केहि तरकारी; च्याऊ, दुग्ध जस्ता कुरामा आत्मनिर्भर बनेको दाबी गर्दै अन्य खाद्य्यवस्तुमा समेत हुँदै जाने विश्वास दिलाउँनुभयो । 
उहाँले १७ वर्ष पछि भएको स्थानीय निर्वाचन पछि नगरबासीका धेरै अपेक्षाहरु रहेका कारणले सबै आकांक्षाहरु एकैसाथ पुरा गर्न नसके पनि क्रमिक रुपमा पुरा हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले नगरपालिकामा बाँझो जग्गा नराख्ने अभियान चलाएकै कारण धेरै बाँझो रहेको क्षेत्रफल अहिले उत्पादन उन्मुख बनिसकेको बताउनुभयो । अब दुग्धको उत्पादनलाई सदुपयोग गरी पशुपालक किसानलाई लाभान्वित बनाउन दुग्धका परिकार बनाउने उद्योग स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।






No comments:

Post a Comment

Post Bottom Ad