शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध / झडपमा एक दर्जन बढी घाइते - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

शव व्यवस्थापन गर्न हिँडेको प्रहरी टोलीमाथि स्थानीयको अवरोध / झडपमा एक दर्जन बढी घाइते

समृद्धि खबर, ११ असार ११ २०७७,
पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयबाट अवरोध भएको छ । बुधबार राती निधन भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका छन् । 


उनीहरुले मजुवामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गर्दा झडप हुन पुगेको छ ।  झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएका छन् । 


शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको हो । अहिले पनि सो क्षेत्रमा तनाव जारी छ ।  नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवा घाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटमा लगेको थियो । 


यता कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको बताए । 


यता महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने बताएको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो ।’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए । 


यस अघिसमेत शव व्यवस्थापनका विषयलाई लिएर कास्कीमा एक पटक झडप भएको थियो । 



No comments:

Post a Comment

Post Bottom Ad