चक्कुले हानेर श्रीमतीको हत्या - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

चक्कुले हानेर श्रीमतीको हत्या

समृद्धि खबर, ११ असार २०७७, 
फाईल फोटो 

काठमाडौं । चक्कुले हानेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । टोखा नगरपालिका–३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


उनले ४० वर्षीया श्रीमती सलिना खड्का बानियाँलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बानियाँले चक्कु प्रहार गर्दा उनकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो ।


हत्या भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad