नेपाली चिया, अम्रिसो र अलैंची निर्यातमा भारतको अवरोध - समृद्धि खबर

Pages

Breaking

Friday, June 19, 2020

नेपाली चिया, अम्रिसो र अलैंची निर्यातमा भारतको अवरोध

समृद्धि खबर, काठमाडौँ ।

पूर्वको मेची नाका भएर निर्यात हुन लागेको चिया, अलैंची र अम्रिसोलाई भारतीय प्रहरीले रोकेका छन् । भारत र बंगलादेश निकासी हुन लागेको ३५ ट्रक कृषि उभारतको पश्चिम बंगाल सरकारको निर्देशनमा सीमामा प्रहरीले रोकेको भन्सार विभागले जनाएको छ ।


विभागका महानिर्देशक सुमन दाहालले भने, ‘चिया, अलैंची र अम्रिसो बोकेको ३५ वटा ट्रक बिहीबार पठाएका थियौं, तर भारतीय प्रहरीले पुलमै रोकेका छन् ।’  नेपाली वस्तुहरु बोकेको मालबाहक गाडीलाई प्रवेश नदिन माथिको आदेश भएको जानकारी बंगाल प्रहरीले दिएको पनि उनले बताए ।


भारततर्फको भन्सार कार्यालयसँग समझदारी गरेरै सामान पठाइए पनि प्रहरीबाट अवरोध भएको विभागको भनाइ छ । लकडाउन अवधिमा पनि भारतको पश्चिम बंगाल सरकारले कोरोना फैलनसक्ने भन्दै नेपालतर्फको आयात खुलाएर निकासीमा प्रतिबन्ध लगाएको थियो ।



प्रकाशितः २०७७ असार ५ गते । 





No comments:

Post a Comment

Post Bottom Ad