पोखरामा कोरोना संक्रमित ५५ वर्षीय एक पुरूषको निधन - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

पोखरामा कोरोना संक्रमित ५५ वर्षीय एक पुरूषको निधन

समृद्धि खबर, ११ असार, 


पोखरा । कोरोना भाइरस संक्रमितको पोखरामा  उपचारका  क्रममा मृत्यु  भएको  छ  ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषको बुधबार राति ११ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।


संक्रमित ती व्यक्ति उपचारको लागि असार ८ मा अस्पतालको आइसियू कक्षमा भर्ना भएका थिए ।

उनी कोभिड १९ सहित निमोनिया र मधुमेह रोगबाट समेत ग्रस्त रहेकोले पछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा निधन भएको अस्पतालका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जनाएका छन् ।


यसअघि कोरोनाबाट स्याङ्जा वालिङ ३ का ५८ वर्षे पुरुषको निधन भइसकेको छ । उनको जेठ २३ मा पोखरामै उपचार क्रममा निधन भएको हो ।


गण्डकीमा कुल ७ सय ५३ जना संक्रमित भएका छन् । बिहीबारमा थप ११ जनामा कोरोना पुष्टि भएको प्रदेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad