बिहेमा २ सय बढी जन्ती आएपछि अमरापुरीका स्थानीय आक्रोशित - समृद्धि खबर

Pages

Breaking

Saturday, June 27, 2020

बिहेमा २ सय बढी जन्ती आएपछि अमरापुरीका स्थानीय आक्रोशित

समृद्धि संवाददाता, १३ असार, गैंडाकोट ।

कोरोना भाइरस -कोभिड १९_ को महामारी फैलिरहेका बेला बिहेमा २५– जनाभन्दा बढी सहभागि भएको भन्दै गैंडाकोट १७,  अमरापुरीका वडाबासीहरु आक्रोशित बनेका छन् । शनिबार वडा स्थित रेड हाउस जंगल रिसोर्ट अमरापुरीमा गैंडाकोटबाट बेहुला लिएर करिब २ सय ५० जन्ती बिहे गर्न आएसँगै सोही सन्दर्भलाई लिएर स्थानीयहरु आक्रोशित बनेका हुन् ।


सरकारी नियममै २५– जनाभन्दा बढी उपस्थित भई बिहेमा जमघट हुन नपाउने नियमको उलङ्घन गरिएको भन्दै वडाबासीले आपत्ति जनाएको स्थानीय युवा भुपेन्द्र भण्डारीले बताउनुभयो ।

स्वास्थ्य महामारीलाईसमेत बेवास्था गर्दै बिहेमा ठूलो संख्यामा जन्ती आएपछि वडाबासीको ध्यानाकर्षण भएको हो । बिहेका क्रममा गैंडाकोट नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेलसमेत सहभागी भएको भन्दै स्थानीय र उपमेयर बीच सामान्य भनाभनसमेत भएको थियो । 


करिब १५ मिनेट भएको छलफलका क्रममा वडावासीले जिम्मेवार व्यक्तिसमेत सार्वजनिक बिदामा सरकारी गाडी दुरुपयोग गरी बिहेमा सहभागी बनेको भन्दै आक्रोश व्यक्त गरेका थिए । यसले स्थानीयको मन दुःखेको स्थानीय रुपक श्रेष्ठले समृद्धि खबरलाई जानकारी दिनुभयो । यता नगरपालिकाकी उप–प्रमुख कंडेलले आफ्नो घर नजिकैको छिमेकीको बिहे रहेकोले निम्तो मान्न गएको भएपनि अकस्मात जाँदा भिड देखेको बताउनुभयो । 


आफ्नो निजी गाडीमा समस्या सिर्जना भएकाले पहिलोपटक बिहेमा नगरपालिकाको गाडी लिएर गएको जानकारी दिनुभयो । उहाँले लकडाउनको समयमा भिडभाड गर्न नहुने कुरामा आफू पूर्णसर्तक रहेको भएपनि अकस्मात यस्तो संयोग जुरेको प्रतिक्रिया दिदंै स–सानो कुरामा ध्यान दिनभन्दा स्थानीय विकास निर्माण बारेमा चाँसो राख्न आग्रह गर्नुभयो । 


घटनाको सन्दर्भमा गैंडाकोट १७ का वडा अध्यक्ष रत्नबहादुर खड्काले यसअघि नै आफुले २५ जनाभन्दा बढी व्यक्ति उपस्थित भई भिडभाड हुने कार्य नगर्न होटललाई आग्रह गरेको भएपनि नियम उलङ्घन गरेको बताउनुभयो । नेपाल सरकार र स्थानीय प्रशासनले जारी गरेको नियमको खिल्ली उडाउँदै होटल सञ्चालकले भिडभाड जम्मा हुने गरी कुनै पनि कार्य गराउन नहुने धारणा राख्नुभयो । 


आगामी दिनमा यस प्रकारको कार्य हुन नदिन वडा अध्यक्षले थप कडाई गरिने बताउनुभयो । गैंडाकोट ८ का बेहुला र भेडाबारीका बेहुली बीच यहाँको यस होटलमा शनिबार विवाह कार्यक्रम रहेको स्थानीयले बताए ।






No comments:

Post a Comment

Post Bottom Ad