कावासोतीमा सडक दुर्घटना एक जना गम्भीर घाइते - समृद्धि खबर

Pages

Breaking

Thursday, June 25, 2020

कावासोतीमा सडक दुर्घटना एक जना गम्भीर घाइते

समृद्धि खबर, ११ असार २०७७,


गैंडाकोट । पूर्वी नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती वडा नंं. ८ सितलचोक स्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना. ५२. प ९४४७  नम्बरको  स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका हुन् ।


दुर्घटनामा परी स्कुटी चालक कावासोती वडा नंं. ५ पाँचकठ्ठा निवासी ३५ वर्षीय विशाल पराजुली गम्भीर घाइते भएको र उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad