सुर्य ग्रहण : कसले हेर्ने , कसले नहेर्ने ? - समृद्धि खबर

Pages

Breaking

Friday, June 19, 2020

सुर्य ग्रहण : कसले हेर्ने , कसले नहेर्ने ?


जब चन्द्रमा, पृथ्वी र सुर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सुर्य पूर्ण वा आंशिकरुपमा चन्द्रमाबाट छेकिन्छ भने यो अवस्थालाई सुर्य ग्रहण भनिन्छ । सुर्य ग्रहण हुनका लागि आमावस्य तिथि हुनुपर्छ, चन्द्रमाको रेखाशं राहु या केतुको नजिकै हुनुपर्छ र चन्द्रमाको आक्षंश शुन्यमा नजिक हुनुपर्दछ । यो ग्रहणको कुनै शास्त्रमा आध्यात्मिक महत्व होस् वा नहोस् तर संसार भरीका वैज्ञानिकहरुका लागि यो नयाँ खोजको उत्सब जस्तै हो । ग्रहण नै यस्तो समय हो जुनबेला ब्रहमाण्डमा हजारौं अद्भुत घटनाहरु घट्ने गर्दछन् । जसका कारण वैज्ञानिकहरुलाई नयाँ तथ्यहरु पत्ता लगाउने अवसर मिल्दछ । अल्वर्ट आइन्स्टाइन्टले सुर्य ग्रहणकै बेला, लार्कयर वैज्ञानिकले सुर्य ग्रहणकै बेला बायुमण्डलमा हिलियम ग्यासँ छ भन्ने पत्ता लगाएका थिए । सुर्य ग्रहण अधिकतम् १०  हजार किलोमिटर लामो र २५० किलोमिटर चाक्लो क्षेत्रमा मात्रै हेर्न सकिन्छ । 


कहिले लाग्दै छ  ?

वि.स. २०७७ साल असाढ ७ गते आईतबार (२१ जुन २०२०) मा नेपाली समयअनुसार विहान १०.५५ बजे सुरु भइ दिउँसो १२.३८ बजे मध्यहुँदै २.३३ बजे सकिनेछ । ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । 



कहाँ कहाँबाट देखिन्छ ? 

नेपाल, भारत, चिन, जापान, थाइल्याण्डलगायत एसियाका सबै देश, साउदी, दुवई, इथियोपियाबाट देख्न सकिन्छ । 



ग्रहणका बेला के गर्ने ? 

जनवार चरा–चुरुङ्गी, गरीव, भोका, असहयलाई सहयोग गर्ने ।  सकारात्मक विचारको मनन् चिन्तन गर्ने,  ‘ओम घृणि सुर्याय नमः’  मन्त्र जप गर्ने  यो बेला बच्चाहरुलाई समेत सुर्य मन्त्र सुनाउँदा उत्तम हुनेछ । 



ग्रहण कसले हेर्नु हुँदैन  ? 

१. यदि तपाइँको राशिको नाम वे, वो, का, कि, कु, घ, ङ, छ, के, को, ह, बाट शुरु हुन्छ भने तपाइँको लागि यो ग्रहण कस्टकर छ । ग्रहण लागको बेला सुर्यमन्त्र पढ्ने , ग्रहण नहेर्ने । 

२. वृष राशीका लागि क्षती , मिथुनका लागि घात, कर्कटका लागि व्यय, तुलाको मान नाश, धनुको स्त्री पीडा, कुम्भलाई चिन्ता, मिन राशीलाई व्यथा भनिएकोले हेर्नु हुँदैन । 

३. वायुमण्डलमा रहेका कतिपय हानीकारक नकारात्मक उर्जाहरु ग्रहणका बेला सुर्यको प्रत्यक्ष किरण छेकिने हुँदा सहजै पृृथ्वीमा बढ््न जान्छ । त्यसैले गर्ववती महिलाहरु यो बेला घरबाहिर ननिस्कदा राम्रो हुन्छ । 


ग्रहण कसले हेर्न हुन्छ ?

राशी अनुसार मेष राशीले हेर्दा श्रीप्राप्ती, सिंहको लाभ, कन्याको सुखम्, मकरको सौख्यम भएकोले यि राशीहरुले हेर्नु शुभ हुन्छ । हेर्दा प्रत्यक्ष आँखाले हेर्नु हुँदैन् । राशीफलले जे भनेता पनि यदि तपाइँको जन्म कुण्डली (चिना) मा सुर्य बलियो अर्थात तपाइँको शरिरमा सुर्यको किरण बलियो छ, सुर्य राम्रो राशिमा , राम्रो नक्षेत्रमा गएर बसेको छ, राम्रो ग्रहहरुसँग बसेको छ, सुर्य उच्च छ भने राशिफलले जे भनेतापनि हेर्नु राम्रो हुन्छ । सकेसम्म बाईनाकुलर, दुरविन् , विशेष चश्माको प्रयोग गरि हेर्दा उत्तम मानिन्छ । यस्तै भाडामा पानी राखेर त्यसमा देखिएको सुर्यको प्रतिविम्ब हेर्न पनि सकिन्छ ।



यो बेला के नगर्ने  ? 

शरिरको पाचन प्रकृयामा असर हुन सक्छ । तसर्थ भोजन नगर्ने, हाम्रो खानामा नराम्रो विकिरण मिसिन सक्छ, तसर्थ खाना नखाने भनिएको हो । बनिसकेका खानेकुरामा तुलसी पत्र वा कुश राख्नाले नकारात्मक प्रभाव कम हुन्छ । यो सयममा भूमि नखन्ने, नकाट्ने, आंैजारको प्रयोग नगर्ने, चेक तथा महत्वपूर्ण कागजातमा हस्ताक्षर नगर्ने । खानेकर्म, यौनकर्म र सुत्ने कर्म नगर्ने । गर्भवती महिला घर बाहिर ननिस्कने, निस्कनै परे साथमा तुलसी पत्र वा कुश राखेर निस्कने । बालक, वृद्ध र आतुर व्यक्तिलाई खानपान वा अत्यवश्यक कार्य बार्न नपर्ने भनि शास्त्रमा लेखिएको  छ ।   

लेखकः  लक्ष्मी प्रसाद सोती,  (केन्द्रिय सदस्य;  नेपाल ज्योतिष परिषद् ) 
                             - www.sotivastu.com









No comments:

Post a Comment

Post Bottom Ad