थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि / देशभर संक्रमितको संख्या ९५०० नाघ्यो - समृद्धि खबर

Pages

Breaking

Monday, June 22, 2020

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि / देशभर संक्रमितको संख्या ९५०० नाघ्यो

समृद्धि खबर, ८ असार २०७७ ।


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा  कोरोना भाइरसको संक्रमण  पुष्टि  भएको  छ  ।


यससँगै कुल संक्रमितको संख्या ९५०० नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण पाइएको छ । पछिल्लो पटक ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२ र १२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।


अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५र५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २र२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।


अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ । अनलाईनखबरबाट




No comments:

Post a Comment

Post Bottom Ad