पश्चिम नवलपरासीको झरही खोलामा डुबेर एक किशोरको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Wednesday, June 24, 2020

पश्चिम नवलपरासीको झरही खोलामा डुबेर एक किशोरको मृत्यु

समृद्धि खबर, ११ असार ।


नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा झरही खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।


 जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार पाल्हीनन्दनको कुश्मा स्थित झरही खोलामा डुबेर गुड्डु भनिने १६ वर्षिय मोहम्मद हासिम मन्सुरीको मृत्यु भएको हो ।


बुधबार साँझ सवा पाँच बजेतिर खोलामा डुबेका मन्सुरीको स्थानिय र प्रहरीले खोजी गर्ने क्रममा आधा घण्टा पछि सव फेला पारेका थियो । मृतक किशोरको शव पोष्टमार्टमका लागि बुधबारनै पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad