गैंडाकोटमा लायन्स तथा लियो क्लबले गरेको कार्यक्रममा १२३ जनाद्वारा रक्तदान - समृद्धि खबर

Pages

Breaking

Wednesday, June 24, 2020

गैंडाकोटमा लायन्स तथा लियो क्लबले गरेको कार्यक्रममा १२३ जनाद्वारा रक्तदान

पूर्णप्रसाद खराल, १० असार, गैंडाकोट । 

कोरोनाको महामारी पछि अस्पतालमा रगतको अभाव पूर्ति गर्न गैंडाकोटमा आज आयोजना गरीएको वृहत रक्तदान कार्यक्रममा १२३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ३६ जना महिलासहित ८७ जना पुरुषले रक्तदान गरेका हुन् । 

गैंडाकोट क्षेत्रभित्र रहेको सबै लायन्स तथा लियो क्लबको आयोजनामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहेको थियो । 


कार्यक्रमका प्रमुख अतिथि एवं गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर–प्रमुख पौडेलले विषम् परिस्थितिमा समेत गैंडाकोटका सामाजिक संघसंस्थाले सहयोग पुु¥याएको भन्दै आयोजक लायन्स र लियो क्लब प्रति आभार प्रकट गर्नुभयो । 


उहाँले कोरोनासँग लड्न नगरपालिकाले हरसम्भव प्रयास गरीरहेको भन्दै सबैको सहकार्यले कोरोनालाई जित्न सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा विशिष्ट अतिथि समेत रहेका लायन्स क्लब इन्टरनेसनल ३२५ बिटु नेपालको वर्ष २०१९–०२० का द्वितिय भाइस डिस्ट्रिक्ट गर्भनर रामप्रसाद भट्टले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरलाई १० थान पीपीई हस्तान्तरण गर्नुभएको थियो । 


वृहत रक्तदान कार्यक्रमका संयोजक तथा लायन्स क्लब ईन्टरनेसनल ३२५ बिटु नेपालका रिजन चियरपर्सन अनिल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण एरीया नं. ३ का कोचिफ गणेश शर्मा पौडेलले गर्नुभएको कार्यक्रमका सञ्चार संयोजक मेघराज कंडेलले जानकारी दिनुभएको छ ।

गैंडाकोट वडा नंं. ४ स्थित गैंडाकोट पोलिक्लिनको परिसरमा भएको रक्तदान कार्यक्रममा विभिन्न लायन्सकर्मी महानुभावहरु, सामाजिक व्यक्तित्वहरु र रक्तदाता महानुभावको उपस्थिति रहेको जनाइएको  छ । 





No comments:

Post a Comment

Post Bottom Ad