शुल्क उठाउने निर्णयबाट पछि हट्न निजी विद्यालयलाई अनेरास्ववियूको आग्रह - समृद्धि खबर

Pages

Breaking

Wednesday, June 24, 2020

शुल्क उठाउने निर्णयबाट पछि हट्न निजी विद्यालयलाई अनेरास्ववियूको आग्रह

समृद्धि खबर ।


काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अनेरास्ववियूले निजी विद्यालय सञ्चालकहरूको संस्था नेशनल प्याब्सन र प्याब्सनलाई तत्काल शुल्क उठाउने निर्णयबाट पछि हट्न आग्रह गरेको छ ।


नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेसँगै आज (सोमबार) अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले प्याब्सन र नेशनल प्याब्सनले अव्यवहारिक निर्णय गरेकोले फिर्ता लिन माग गरेका हुन्।


विद्यार्थी र अभिभावकहरूले भोगिरहेका संकटलाई वेवास्ता गर्दै विद्यालय सञ्चालकहरूले एकतर्फी रूपमा शुल्क बुझाउन उर्दी लगाएकोमा आपती जनाएको अनेरास्ववियूको भनाई छ ।

प्रकाशित मिति ः  ९ असार २०७७   








No comments:

Post a Comment

Post Bottom Ad