गैंडाकोट नगरपालिकामा थप २ जनाको कोरोना पुष्टि, नगरपालिकामा संक्रमित संख्या ४ पुग्यो - समृद्धि खबर

Pages

Breaking

Tuesday, June 9, 2020

गैंडाकोट नगरपालिकामा थप २ जनाको कोरोना पुष्टि, नगरपालिकामा संक्रमित संख्या ४ पुग्यो

समृद्धि खबर, गैंडाकोट, २८ जेष्ठ । 


पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ जनासहित जिल्लाका ३ जना कोरोना संक्रमित थपिएका छन् । 

भरतपुरमा गरिएको कोरोना परीक्षणका क्रममा गैंडाकोट वडा नंं. १३ का २३ वर्षीय एक पुरुष र गैंडाकोट १४ का अर्को एक २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ । 

यस्तैगरी पोखराको प्रयोगशामा गरिएको परीक्षण का क्रममा देवचुली नगरपालिकाका ४० वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । 


गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज संक्रमण देखिएका ३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । यो सहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १४७ पुगेको छ ।


यो सँगै पूर्वी नवलपरासी (नवलपुर) मा कोरोना संक्रमित व्यक्तिको संख्या ३७ पुगेको छ । जसमध्ये गैंडाकोट नगरपालिकामा ४ जना, देवचुली नगरपालिकामा ६ जना, कावासोती नगरपालिकाका ५ जना, विनयी त्रिवेणी गाउँपालिकाका ५ जना, हुप्सेकोट गाउँपालिकाका ४ जना, बौदीकाली गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण देखिएको छ यस्तैगरी बुलिंगटार गाउँपालिकाका १ जनामा संक्रमण रहेका छ ।


संक्रमितहरुमध्ये देवचुली वडा नंं. २ मा माइतीघर भएकी २४ वर्र्षीय महिला भने कोरोनालाई जितेर घर गइसकेकी छिन् । 





No comments:

Post a Comment

Post Bottom Ad