देवचुलीमा मोबाइल पसलमा चोरी - समृद्धि खबर

Pages

Breaking

Monday, June 15, 2020

देवचुलीमा मोबाइल पसलमा चोरी

समृद्धि खबर, गैंडाकोट, २ असार । 


देवचुली नगरपालिका वडा नं. १३ मा गएराती (सोमबार राती) पसलको छानो फोरेर चोरी भएको छ । स्थानीय प्रेमप्रसाद भट्टले सञ्चालन गर्दै आएको रमा मोबाइल सेन्टरमा माथिल्लो टिनको छानो खोलेर चोरी भएको प्रोप्राइटर भट्टले जानकारी दिए । 


पसलमा केहि मोबाइल सेट र नगद गरी २ लाख रुपैयाँको चोरी भएको अनुमान गरीएको छ । सामसुङ, ओपो र रेडमी कम्पनीका ८ वटा स्मार्ट फोन सेट र स–साना मोबाइल चोरी भएको पसलका प्रोप्राइटर भट्टले जानकारी दिएका हुन् ।  यस्तै ७ हजार रुपैयाँ नगद रकम चोरी भएको जनाइएको छ । 


पसलको स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।






No comments:

Post a Comment

Post Bottom Ad