गैंडाकोटमा ठूलो हावाहुरीले कुखुराको खोर भत्किदा २ जनाको मृत्यु - समृद्धि खबर

Pages

Breaking

Sunday, May 24, 2020

गैंडाकोटमा ठूलो हावाहुरीले कुखुराको खोर भत्किदा २ जनाको मृत्यु

पूर्णप्रसाद खराल राजन, गैंडाकोट, ११ जेठ ।


गैंडाकोटमा कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आएको ठूलो हावाहुरी सहितको वर्षाका कारण खोर भत्किदा गैंडाकोट नगरपालिका वडा नंं. ८ का ३५ वर्षीया काशिराम पौडेल र ४० वर्षीया सुर्यबहादुर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।


साँझ हावाहुरी आएको वखत कुखुरा फर्ममा कुखुरालाई दाना पानी दिने क्रममा रहेका पोल्ट्री फर्मका सञ्चालकद्धय पौडेल र भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अत्यधिक ठूलो हावाहुरी चल्दा बासँबाट बनेको कच्चि खोरमा पूर्णरुपमा क्षति पुगेको थियो ।


घटनामा परी फर्ममा रहेका ३ वटा बाख्रा ( १ बोका, १ बाख्रा र पाठी)  मा क्षति पुगेको भएपनि धेरै चल्लाहरु धेरै नोक्सानी नभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको छ । आइतबार साँझ गैंडाकोटसहित चितवनका धेरै स्थानमा ठूलो हावा हुरी आएको थियो । जसले गर्दा विभिन्न स्थानमा क्षति पुगेको भएपनि अन्य स्थानबाट क्षतिको विवरण नभइसकेकाले विवरण संकलनको प्रयास भइरहेको गैंडाकोट प्रहरीले जनाएको छ ।







No comments:

Post a Comment

Post Bottom Ad