गैंडाकोट नगरपालिकामा ठूलो हावाहुरी : दुई जनाको मृत्यु, पशु चौपयामासमेत क्षति (फोटो फिचर) - समृद्धि खबर

Pages

Breaking

Sunday, May 24, 2020

गैंडाकोट नगरपालिकामा ठूलो हावाहुरी : दुई जनाको मृत्यु, पशु चौपयामासमेत क्षति (फोटो फिचर)

पूर्णप्रसाद खराल राजन, गैंडाकोट, ११ जेठ । 


गैंडाकोट नगरपालिकामा आज साँझ ठूलो हावाहुरीले वितण्डा मच्चाउँदा दुई जनाको ज्यान गएको छ । ठूलो हावाहुरी सहितको वर्षाका कारण कुखुराको खोर भत्किदा खोरले च्यापिएर स्थानीय गैंडाकोट नगरपालिका वडा नंं. ८ का ३५ वर्षीया काशिराम पौडेल र ४० वर्षीया सुर्यबहादुर भण्डारीको ज्यान गएको हो  ।


साँझ हावाहुरी आएको वखत कुखुरा फर्ममा कुखुरालाई दाना पानी दिने क्रममा रहेका पोल्ट्री फर्मका सञ्चालकद्धय पौडेल र भण्डारीको फर्मको छानोले च्यापिदाँ मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अत्यधिक ठूलो हावाहुरी चल्दा बासँबाट बनेको कच्चि खोरमा पूर्णरुपमा क्षति पुगेको थियो । 


घटनामा परी फर्ममा रहेका ३ वटा बाख्रा ( १ बोका, १ बाख्रा र पाठी) मा क्षति पुगेको छ । यस्तै फर्ममा साना चल्लाहरु रहेकाले चल्ला नोक्सानी नभएकोे प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको छ । 


आइतबार साँझ गैंडाकोटसहित चितवनका धेरै स्थानमा ठूलो हावा हुरी आएको थियो । जसले गर्दा आसपासका बालीनालीमा नोक्सानी पुगेका छ । 





No comments:

Post a Comment

Post Bottom Ad