अमर इङलिस बोर्डिङ स्कुल अमरापुरीमा एक दिने निःशुल्क आँखा शिविर बस्दै - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 17, 2019

अमर इङलिस बोर्डिङ स्कुल अमरापुरीमा एक दिने निःशुल्क आँखा शिविर बस्दै

समृद्धि खबर / गैंडाकोट, १ पौष । 


गैंडाकोट नगरपालिका वडा नंं. १५ अमरापुरीमा १ दिने निःशुल्क आँखा शिविर बस्ने भएको छ । अमर इङलिस सेकेण्डरी बोर्डिङ स्कुल अमरापुरी र नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको संयुक्त आयोजनामा यहि पौष ५ गते शनिबार विद्यालय प्राङ्गणमा शिविर हुन लागेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र देवकोटाले जानकारी दिनुभएको छ । 

शिविरमा छानिएका विरामीहरुका मोतियाबिन्दुको निःशुल्क अप्रेशन भरतपुर आँखा अस्पतालमा गरिने जनाइएको छ भने रगत जाँचको विरामी आफैले बुझाउनुपर्ने व्यवस्था गरिएको विद्यालयका सहायक प्रधानाध्यापक असोक कुमार पौडेलले जानकारी दिनुभएको छ । 

विद्यालयको सामाजिक दायित्व अन्तर्गत विभिन्न कार्यक्रमलाई जोड दिंदै आएको प्रधानाध्यापक देवकोटाले बताउनुभएको छ ।  शिविरमा आई मौकाको फाइदा लिन आयोजकले सबै पक्षसँग अनुरोधसमेत गरेको छ । 






No comments:

Post a Comment

Post Bottom Ad