चिसो छल्न सहयोग गर्दै नवलपुर प्रहरी - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

चिसो छल्न सहयोग गर्दै नवलपुर प्रहरी

गैँडाकोट, ६ पुष । 


पश्चिमी वायुको प्रभावले केहि दिन यताँ देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिन देखि बढेको जाडोले जनजिवन प्रभावित भैरहेको अवस्थामा आज घाम लागे संगै गैँडाकोट वासिलाई केहि राहत भएको थियो ।  

हिमाली भुभाग र उच्च पहाडी जिल्लाहरुमा घाम लाग्न सकेको छैन ।  यसै विच चिसो बढ्दै गएपछी प्रहरीको सक्रियतामा हिजो नवलपुरका बिभिन्न स्थानमा आगो बालेर नगारिकहरुलाई न्यानो दिने प्रयास गरिएको छ । 

जिल्ला प्रहरी कार्यलय नवलपुरले यस नवलपरासी (पुर्व) जिल्ला अन्तर्गत कावासोती न.पा.को फलफुल चोक, सभापती चोक, थकाली चोक र थाना चोक तथा विनयी त्रिवेणी गा.पा.दुम्कीवासमा दाउरा बाली सर्व साधरणहरुलाई न्यानोको दिने प्रयास गरिएको थियो ।

प्रहरीले जाडो तथा शितलहरबाट वच्नको लागी सर्व साधरणहरुलाई चेतना फैलाउने काम समेत गरिरहेको बताएको छ । 

No comments:

Post a Comment

Post Bottom Ad