क्याम्पसको शैक्षिक स्तर बढाउन महायज्ञ हुने - समृद्धि खबर

Pages

Breaking

Monday, December 9, 2019

क्याम्पसको शैक्षिक स्तर बढाउन महायज्ञ हुने

सूर्यकुमारी महत्तो, नवलपुर । 

नवलपुरको चोरमारामा रहेको नवजागरण वहुमुखी क्याम्पसको शैक्षिक स्तर बृद्धि गर्न यही पौष २७ गतेदेखि श्रीमद्भागवत तथा धनधान्याचल महायज्ञ गरिने भएको छ । विपन्न विद्यार्थीहरुलाई सहजरुपमा निःशुल्क उच्चशिक्षा दिने, छात्रावासको व्यवस्था गर्ने, प्राविधिक शिक्षा प्रदान गर्ने, गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्राप्त गर्ने, उद्यमशिलताको प्रवद्र्वन गरी समय सापेक्ष रोजगारमुलक शिक्षा प्रदान गर्ने महायज्ञको उद्देश्य रहेको यज्ञ मूल समारोह समितिका संयोजक चेतनाथ तिवारीले जानकारी दिनुभएको छ । 

आईतवार क्याम्पसमा महायज्ञको तयारी बारे पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिनुभएको हो । विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा स्नातकोत्तर तह अध्यापन गर्ने कलेज नभएकोले यज्ञबाट सङ्कलित रकमले नेपालकै नमूना स्नातकोत्तर तहको क्याम्पस सञ्चालन गर्ने योजना रहेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष तुलसी तिवारीले जानकारी दिनुभयो । शिक्षा, मानविकी र व्यवस्थापन संकायमा स्नातकसम्म अध्यापन भईरहेको जानकारी दिंदै अध्यक्ष तिवारीले विद्यार्थीको माग र यस क्षेत्रको आवश्यक्ता अनुसारको प्राविधिक शिक्षा सञ्चालन गर्ने बताउनुभयो । 

क्याम्पसका प्रधान संरक्षक विष्णु कार्कीले प्राविधिक र व्यवहारिक शिक्षा वर्तमान आवश्कता रहेकोले त्यसलाई परिपुर्ति गर्न महाज्ञयबाट संकलित रकम खर्चिने बताउनुभयो । मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले कोल्हुवामा कृषि क्याम्पस, अरुणखोलामा शिक्षा संकायको क्याम्पस र चोरमारामा ईन्जिनियरिङ्ग क्याम्पस सञ्चालन गर्ने नगरको योजना रहेकोले सोहीअनुरुप महायज्ञ गरेको जानकारी दिनुभयो । 

पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा स्थानीय दानविर पहिचान संयोजक केदारप्रसाद पराजुलीले महायज्ञबाट १५ करोड रकम सङ्कलन गर्ने योजनासहित तयारी रहेको जानकारी दिनुभयो । 

आर्थिक समिति संयोजक प्रकाश पंगेनीले सङ्कलित रकमलाई क्याम्पसका सम्पुर्ण सदस्य, दानविरहरु, अभिभावकहरुको व्यापक छलफल र परामर्शमा पार्दशी ढंगले क्याम्पसको भौतिक पुर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्विमा खर्चिने बताउनुभयो । मुल समितिका संयोजक चेत तिवारीको संयोजकत्वमा १ हजार ५१ सदसीय मूल समिति गठन गरी विभिन्न उपसमितिमार्फत तयारी तीव्र पारेको छ । 





No comments:

Post a Comment

Post Bottom Ad