विश्व अपाङ्गता दिवस गैंडाकोटमा मनाइयो : अपाङ्गता रहर होइन बाध्यता ः उपप्रमुख कंडेल - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 3, 2019

विश्व अपाङ्गता दिवस गैंडाकोटमा मनाइयो : अपाङ्गता रहर होइन बाध्यता ः उपप्रमुख कंडेल

गैंडाकोट, १७ मंसिर । 

विभिन्न कार्यक्रम गर्दै विश्व अपाङ्गता  दिवस गैंडाकोट नगरपालिकासहित देशैभर मनाइएको छ । दिवसको अवसरमा गैंडाकोट नगरपालिका भित्र बसोबार गर्ने अपाङ्गता रहेका ४ जना सफल उद्यमीहरुलाई सम्मानीत गर्नुका साथै अपाङ्गता  रहेका ४१ विद्यार्थीहरुलाई शैक्षिक सामाग्री झोला र कापी–कलम प्रदान गरिएको गैंडाकोट नगरपालिकाले जनाएको छ । ‘दिगो विकासको लक्ष्य अपा·मैत्री भविष्य’ भन्ने नारासहित दिवस नगरपालिकामा मनाइएको हो ।  

यसै सन्र्दभमा गैंडाकोट नगरपालिकाको अपाङ्गता परिचय–पत्र समन्वय समितिको आयोजनामा मंगलबार भएको कार्यक्रममा नगर क्षेत्र भित्रका ४ जना सफल उद्यमीहरुलाई सम्मानीत गरिएको छ । यसरी सम्मानीत हुनेमा सफल उद्यमी धनपति शर्मा, यमनाथ पौडेल, रबी शेरचन, भैरबबहादुर आचार्य रहेका छन् । 

आफु अपा·ता रहेका उनीहरुले आफ्नै पहलमा उद्यमशिल बनी समुदायमा उदाहरणीय पात्र बनेको भन्दै नगरपालिकाले दिवसको अवसरमा सम्मानीत गरेको हो । उनीहरुलाई दोसल्ला , प्रमाणपत्र र नगरसहित सम्मानीत गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई प्रति विद्यार्थी १ थान झोला, १ दर्जन कापि र १ दर्जन कलमसहित नगद ५०० रुपैयाँ प्रदान गरिएको सामाजिक विकास उपशाखाका, महिला विकास निरिक्षक सिता लामिछानेले जानकारी दिनुभएको छ । 

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले अपा·ता कसैको रहर नभइ बाध्यता रहेको भन्दै नगरपालिकाले उनीहरुप्रति आवश्यक सम्बोधन गर्ने धारणा राख्नुभएको छ । नगरपालिकामा अपा·ता रहेका नगरवासीलाई वर्गिकरण गरि परिचयपत्र दिनेकाम गर्नुका साथै अब आगामी दिनमा प्रभावकारी कार्यक्रम अघि सार्ने योजना रहेको बताउनुभयो । 

अपा·ता रहेका व्यक्ति पनि सपा·ता सरह सक्षम भएको भन्दै उनीहरुलाई फरक नजरले हेर्न नहुने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले हरेक मानिस भित्र केहि कति अपा·ता हुनसक्ने भन्दै अपा·ता रहेका दाजुभाई दिदीबहिनीलाई माया ममता र सद्भाव राख्न आग्रह गर्नुभएको छ । उहाँले दिगो विकासकोे लक्ष्य प्राप्ति गर्न अपा·ता हरुका लागि समेत समन्वयात्मक र सहयोगात्मक कार्य अघि बढाउन आवश्यकता औल्याउनुभयो । 




No comments:

Post a Comment

Post Bottom Ad