नवलपुरको देबचुलीमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि - समृद्धि खबर

Pages

Breaking

Thursday, December 19, 2019

नवलपुरको देबचुलीमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

गैंडाकोट, ३ मंसिर ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका स्थित धारापानी चोकमा आज (बिहीबार) बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेनाको  'भगवती प्रसाद गुल्म'  झ्याल्टुङ डाँडाबाट गएको बम  डिस्पोजल टोलीले बिहीबार  मध्यान्ह डिस्पोज गर्दै बम नभएको पुष्टि गरेको हो । 

देवचुली नगरपालिका वडा नंं. ११ स्थित धारापानी चोकको चौताराको एक रुखमा झुण्डिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । सो वस्तु स्याउको पोको भएको पुष्टिसमेत भएको  छ ।

धारापानी चोकमा रहेको चौतारामा शंकास्पद बस्तु देखिएसँगै स्थानियले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु देखिएपछी बिहानदेखीनै धारापानी चोकलगायत देवचुली नगरपालिका भरिका स्थानीयहरु त्रसित अवास्थामा रहेका थिए । 

भेटिएको शंकास्पद वस्तु बम नभएको र अहिले त्यो डिस्पोज भइसकेकोले त्रसित नहुन जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख मोहनप्रसाद पोखरेलले आग्रह गर्नुभएको छ  । 





No comments:

Post a Comment

Post Bottom Ad