महिला स्वास्थ्य स्वमंसेविकाको योगदान प्रशंसनीय ः नगरप्रमुख पौडेल - समृद्धि खबर

Pages

Breaking

Thursday, December 5, 2019

महिला स्वास्थ्य स्वमंसेविकाको योगदान प्रशंसनीय ः नगरप्रमुख पौडेल

गैंडाकोट, १९ मंसिर ।


१६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश गैंडाकोटमा मनाइएको छ । गैंडाकोट नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा हाजिरजवाफ प्रतियोगिताको आयोजना गरि दिवश मनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

दिवसका अवसरमा नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई ४ वटा समूहमा बिभाजन गरि स्वास्थ्यका विषयवस्तुलाई केन्द्रित गरी हाजिरजवाफ गरिएको उहाँले जानकारी दिनुभएको छ । प्रतियोगितामा समूह नं. ३ र समूह ४ समान अंक ल्याउँदै प्रथम भएका छन् भने समूह ४ द्धितीय र समूह १ तृतीय भएका छन् । 

प्रतियोगितामा प्रथम द्धितिय र तृतीयले क्रमश ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरेको महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल गैंडाकोट नगरपालिकाका सचिव मानकुमारी कंडेलले जानकारी दिनुभएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल गैंडाकोटका अध्यक्ष पार्वती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दैै समृद्ध गैंडाकोट निर्माण अभियानमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम् रहेको भन्दै अत्यन्तै प्रशंसनीय कार्य गरिरहेको भन्दै कदर गर्नुपर्ने बताउनुभयो ।

महिलाहरुलाई समय अनुसार क्षमता विकास गर्ने उद्धेश्यले हाजिरजवाफ गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका विभिन्न स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं इञ्चार्ज , स्वास्थ्यकर्मीलगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad