विनयीत्रिवेणी गाँउपालिकामा २४ जना युवाहरु नेकपामा प्रबेश - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 17, 2019

विनयीत्रिवेणी गाँउपालिकामा २४ जना युवाहरु नेकपामा प्रबेश

गैंडाकोट, गंगा बिश्वकर्मा ।


नवलपुरको विनयीत्रिवेणी गाँउपालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २४ जना युवाहरु सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

 गाँउपालिका वडा नंं. १ सिसेनीमा आयोजित एक कार्यक्रममा बीच उनीहरुले नेपाली कांग्रेसको नीति, सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा पार्टीमा प्रवेश गरेको बताएका छन् ।

युवाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर इन्र्चाज एबं प्रतिनिधीसभा सदस्य तिलक महत र गण्डकी प्रदेससभा सदस्य जनकलाल श्रेष्ठले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशी नेता कार्यकर्तालाई सांसद् महत र सांसद् श्रेष्ठले पार्टीको नीति, सिद्धान्तअनुसार सक्रिय भई कार्य गर्न निर्देशनसमेत दिनुभएको छ । 

पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता बाबुराम पाण्डे, घनश्याम गिरी, कर्णबहादुर सुनारी, घनश्याम गिरीलगायत सो पार्टीका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

 कार्यक्रम गाँउपालिका १ सिसेनीका नेकपा बडाकमिटि अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको नेकपा वडा कमिटिका सचिब बालु पुरीले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad