सबै जाती,धर्म, कला र संस्कृतिको संरक्षणमा सरकार ः राज्यमन्त्री मानन्धर - समृद्धि खबर

Pages

Breaking

Monday, December 23, 2019

सबै जाती,धर्म, कला र संस्कृतिको संरक्षणमा सरकार ः राज्यमन्त्री मानन्धर

 समृद्धि खबर, कावासोती, ७ पौष । 


मध्यविन्दु नगरपालिकामा नेवाः दय दबू नवलपुरको आयोजनामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सवको उद्घाटन भएको छ । महोत्सबको आज शहरीविकास राज्यमन्त्री रामविर मानन्धारले उद्घाटन गर्दै सबै जाती, धर्म र संस्कृतिको संरक्षणमा सरकारले योगदान दिने बताउनुभएको छ । 

नेपाल अनेकतामा एकता भएको मुलुक भएको भन्दै सबै जाती, भाषा, भाषी , धर्म, लिंगलगायतको रक्षा साथै संरक्षण गर्ने बताउनुभएको हो । 

राज्यमन्त्री मानन्धरले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु सरकारको मात्र नभई सबै नेपालीको जिम्मेवारी रहेको भन्दै नेपाल भ्रमण बर्षलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । 




No comments:

Post a Comment

Post Bottom Ad