डिजेल र पेट्रोलको मूल्य बढ्यो - समृद्धि खबर

Pages

Breaking

Monday, December 2, 2019

डिजेल र पेट्रोलको मूल्य बढ्यो

नवलपुर, १६ मंसिर ।  


नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यबृद्धि गरेको हो ।

जसअनुसार अब उपभोक्ताले  पेट्रोलको  प्रतिलिटर १०९  र  डिजेलको प्रतिलिटर  ९७ रुपैयाँ तिर्नुपर्नेछ ।

इन्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन तथा एलपी ग्यासको मूल्यसमेत बढेर आएतापनि हाललाई हवाई इन्धन तथा एल.पि.ग्यासको खुद्रा विक्री मूल्य यथावत नै राखिएको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभएको हो ।




No comments:

Post a Comment

Post Bottom Ad