सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १४ - समृद्धि खबर

Pages

Breaking

Sunday, December 15, 2019

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १४

मेलम्ची, २९ मङ्सिर । 

दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो । ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ । 

दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिकाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षीया सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षीया मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गणेश खनालले जानकारी दिनुुभयो । 

दुुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दीपक तामाङले ब्रेक फेल भएर दुर्घटना भएको जानकारी दिनुभयो ।

 घाइतेहरुको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरुलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरुले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad