सामाजिक सेवामा लायन्स क्लब - समृद्धि खबर

Pages

Breaking

Monday, December 2, 2019

सामाजिक सेवामा लायन्स क्लब

भोजप्रसाद खण्डलुक, नवलपुर । 

लायन्स क्लब अफ गैंडाकोटले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । गैंडाकोट नगरपालिका वडा नं. ३, गडाम्दी स्थित जनता आधारभुत विद्यालयका ५६ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री कापि, कलम, झोला वितरण गरिएको हो । लायन्स क्लब अफ गैंडाकोटका अध्यक्ष उत्तम प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट वडा नंं. ३ का वडा अध्यक्ष शिवकान्त तिवारी रहनुभएको थियो । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिवारीले लायन्स क्लबको सह«ाननीय कामको प्रशंसा गर्दै सामाजिक कार्यमा लागिरहन हौसला प्रदान गर्नुभयो । नगरपालिका भित्रका गरिब तथा विपन्न विद्यार्थीलाई लायन्स क्लबले सहयोग गरेको अध्यक्ष उत्तम प्रधानले बताउनुभएको छ ।

कार्यक्रमका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटि अध्यक्ष षडानन्द लामिछाने, समाजसेवी अर्जुनकुमार थापा विद्यालयका अध्यक्ष मित्रलाल सुनारी मगर, प्रधानाध्यापक गोकुल सापकोटालगायत लायन्सकर्मी, शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 यसैबीच सोही कार्यक्रममा सहभागिलाई मधुमेह रोगका बारेमा सचेतना एवं यसको न्युनिकरणका गर्ने उद्धेश्यले परिक्षण गरिएको समाजसेवी राधा लामिछानेले जानकारी दिनुभएको छ ।



No comments:

Post a Comment

Post Bottom Ad