गैंडाकोटमा लायन्स क्लबद्वारा २५५ जनाको दृष्टि परिक्षण - समृद्धि खबर

Pages

Breaking

Sunday, December 15, 2019

गैंडाकोटमा लायन्स क्लबद्वारा २५५ जनाको दृष्टि परिक्षण

समृद्धि खबर / गैंडाकोट, ३० मंसिर ।

लायन्स क्लब अफ गैंडाकोट मौलाकालिकाको आयोजनामा गैंडाकोटमा भएको दृष्टि परिक्षण कार्यक्रममा २५५ जनाको दृष्टि परिक्षण गरिएको छ । आइतबार गैंडाकोट २ स्थित बालविकास इङलिस स्कुलको आतिथ्यतामा विद्यालय परिसरमा भएको कार्यक्रममा १३२ जना बालिकासहित कुल २५५ जना बालबालिकाहरुको आँखा परीक्षण गरिएको कार्यक्रमका संयोजक चिन्तामणि कंडेल (सिआर)ले जानकारी दिनुभएको छ । 

सोहीक्रममा १३ जना बालबालिकाहरुको आँखामा समस्या देखापरेको दृष्टी विशेषज्ञ सबिना थापाले जानकारी दिनुभएको छ । आँखामा समस्या देखिएका विद्यार्थीहरुमा सामान्य खाले समस्या भएकाले थप उपचारका लागि अभिभावकसँग समन्वय गरी चितवन आँखा अस्पताल भरतपुरमा सहुलियतरुपमा उपचार गर्ने व्यवस्था मिलाइएको लायन्सकर्मी अनिल सापकोटाले जानकारी दिनुभएको छ । 

बदलिदो समयमा बालबालिकाहरु मोबाइल र टेलिभिजनका कारणबाट शरिरको सबैभन्दा महत्वपूर्ण अंग आखाँमा प्रतिकुल असल पुगिरहेकाले बालबालिकाका लागि केन्द्रित गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक कंडेलले जानकारी दिनुभएको हो ।

सोहीक्रममा चितवन आँखा अस्पतालका चिकित्सक एवं प्राविधिकहरुले आँखा परीक्षण गर्नुका साथै विरामीलाई औषधीसमेत प्रदान गरेका छन् । दृष्टि परिक्षणका क्रममा समस्या देखिएका बालबालिकाका लागि निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो । प्रतापफर्मा सहिदचोक र नमस्तेफर्मा पुलचोक नारायणगढको सौजन्यमा निःशुल्क औषधि प्रदान गरिएको थियो । 

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपालका सेकन्ड भाइस डिस्ट्रिक्ट गर्भनर रामप्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले लायन्स क्लबले सामाजिक कार्यमा अथाहा कार्य गर्दै आइरहेकोे भन्दै विगतमा लायन्सलाई अाँखाको पर्यायवाचीकारुपमा चिनिने गरेको स्मरण गर्नुभयो । आँखा शरिरको महत्वपूर्ण अंग रहेकाले विकसित प्रविधिसँगै बालबालिकाका आँखामा प्रतिकुल असल परिरहेकाले उनीहरुको स्वास्थ्य प्रति गंभिरता जनाउँदै कार्यक्रम गरेकोमा आयोजक प्रति आभार प्रकट गर्नुभयो । उहाँले बालबालिकालाई आफुसँगै क्यारामबोर्डजस्ता खेलाउनामा व्यस्त राखी मोबाइलबाट टाढा राख्न अभिभावकलाई आग्रहसमेत गर्नुभयोे । 

कार्यक्रममा मन्तब्य राख्दै दृष्टि विशेषज्ञ सबिना थापाले मधुमेह र रक्तचापले समेत आँखामा समस्या बनाउने भन्दै यसलाई लाग्नुपुर्व नै सचेत रहन सल्लाह दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपालका पास्ट डिस्ट्रिक्ट गर्भनर राजकुमार श्रेष्ठ, को चिफ एडभाइजर सिद्धार्थलाल चुके, विद्यालयका प्रधानाध्यापक दिपक राउतले मन्तब्य राख्दै लायन्स अभियानले समुदायमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो  । 

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपालका को चिफ एडभाइजर दिनानाथ न्यौपाने, डिस्ट्रिक्ट एडभाइजर राजेन्द्र गौतम, एओजी गोपाल गौतमलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । 

रिजन चेयरपर्सन अनिल सापकोटाले सहजीकरण गरेको कार्यक्रम लायन्स क्लब अफ गैंडाकोट मौलाकालिकाका अध्यक्ष दयासागर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । 






No comments:

Post a Comment

Post Bottom Ad