७५३ वटै स्थानीय तहको सर्भर ह्याक / लेखा प्रणाली नष्ट - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 24, 2019

७५३ वटै स्थानीय तहको सर्भर ह्याक / लेखा प्रणाली नष्ट

काठमाडौं,  १३  पौष । 


देशभरकै स्थानीय तहको लेखा प्रणाली व्यवस्थित गर्न सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले ‘ह्याक’ भएको सज्ञा दिइरहेका छन् यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । 

महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सूत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले २०७५ र ७६ बाट स्थानीय तथा प्रदेश सररकाको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो ।

 महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीकाअनुसार बिहीबार रातिदेखि सर्भर ह्याक भएको हो । केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन्। २०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सूत्र लागू गर्ने निर्णय गरेको थियो । ‘सूत्र’ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकिएको उपमहालेखा निरीक्षक केसीले बताए।

 ‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो। हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं । झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ उनले भने । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्र लेखेर जानकारी गराइसकिएको बताए । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सूत्र ह्याक’बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । 



No comments:

Post a Comment

Post Bottom Ad