पशुपालन व्यवसाय सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

पशुपालन व्यवसाय सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

गैँडाकोट ०६ पुष।

नयाँ कृषि अभियान कृषि सहकारी सस्था गैँडाकोट २ ले पशुपालन व्यवसाय सम्बन्धि  प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार गैँडाकोट नगरपालिकाका विभिन्न वडाका पशु पालक किसानलाई समेटेर कार्यक्रम सम्पन्न गरिएको नयाँ कृषि अभियान कृषि सहकारी सस्थाका अध्यक्ष ढक बाहादुर कार्किले जानकारी दिनु भयो ।

कृषकहरुले घास उत्पादन देखि दुध उत्पादन र मासु का लागि गरिने कर्ममा आइपर्ने समस्या र समाधानका विषयमा आफ्ना जिज्ञासा राखेका थिए । 

पशु विज्ञ डा. टिकाराम न्यौपाने र गैडाकोट नगरपालिका पशुपालन इकाई शाखाका अधिकृत रमेश ज्ञवालीले प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा ३५ जना अगुवा पशुपालक किसानको सहभागिता रहेको थियो । कृषकहरुलाई लक्षित गररे गरिएको कार्यक्रम अन्तर्गत तेस्रो सृखंलाको प्रशिक्षण कार्यक्रम गरिएको नयाँ कृषि सहकारी सस्थाका अध्यक्ष कार्किले बताउनु भयो । 

कृषि उपज संकलन तथा विक्रि  केन्द्र गैँडाकोट ८ मा भएको कार्यक्रम अध्यक्ष यदुनाथ सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै सिग्देलले आगामि दिनमा पशु पालक किसानको लागि लक्षीत विभिन्न कार्यक्रम गरिने बताउनु भयो । 

कार्यक्रममा भुपु सैनिक बचत तथा क्रण सहकारी सस्था लिमिटेडका व्यवस्थापक शिव पौडेलको उपस्थीति रहेको थियो भने कार्यक्रमको सहजिकरण सचिव बेद प्रसाद काफ्लले गर्नु भएको थियो ।

 फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजना ललितपुर र गैँडाकोट नगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम चलिरहेको हो । 

No comments:

Post a Comment

Post Bottom Ad