महिला हिंसाका अन्त्यका लागि महिला सशक्तिकरण विषयक अन्तरक्रिया - समृद्धि खबर

Pages

Breaking

Sunday, December 15, 2019

महिला हिंसाका अन्त्यका लागि महिला सशक्तिकरण विषयक अन्तरक्रिया

समृद्धि खबर, गैंडाकोट । 

 गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला हिंसाका लागि महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय लैङिक हिंसा विरुद्धको १६ दिने अभियानकै सन्र्दभमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले महिला हिंसा एवं बिभेद अन्त्यको लागि महिला स्वयं सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पुराना संस्कार र संस्कृतिले महिलाहरुलाई विभेद गरेको भन्दै गलत रहेका संस्कार र संस्कृतिहरुको परिमार्जनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले गैंडाकोट स्वाभिमान साकोसको यस्ता प्रकारका कार्यक्रमले महिलाहरु शशक्तिकरण हुनमा ठुलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्राध्यापक सरिता तिवारी र बिमला सुवेदीले मुख्य वक्ताका रुपमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विद्यमान महिला हिंसाको अवस्थाबारे चर्चा गर्दै महिलाहरुले अपनाउनुपर्ने सचेतनाका उपायबारे सहभागि महिलाहरुको ध्यानाकर्षण गर्नुभएको थियो ।

 प्रशिक्षकहरुले पितृसत्तात्मक सोच र व्यवहार महिला र पुरुषहरुमा रहेकाले महिलाहरु शशक्तिकरण नभएसम्म महिलाहरुले समानताको अनुभव गर्न नपाउने बिचार व्यक्त गर्नूभएको थियो । कार्यक्रममा प्रशिक्षक सरिता तिवारीले लैंगिक समानता कायम राख्न महिला र पुरुष दुबैको महत्वपूर्ण भूमिका रहने भन्दै घर परिवार बाटै समानताको व्यवहार लागु गर्न सबैलाई आग्रह गर्नुभयो । 

अर्को प्रशिक्षक बिमला सुवेदी खनालले महिला हिंसा र १६ दिने अभियानको मर्म र उद्धेश्यबारे जानकारी दिंदै किन र कसरी महिला हिंसा भइरहेको छ लगायत यसका कानुनी उपचारका बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष देवराज पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नबन्दासम्म समाजमा महिलाहरु पछाडि परिरहने भएकाले महिलाहरु आर्थिकरुपले सक्षम बन्न अपरिहार्य रहेको जसलेमात्र महिलालाई मुक्तिको बाटोमा लग्ने बताउनुभयो । 

अब हरेक परिवारबाटै लंंिगक समानता कायम राख्न आफ्ना बालबालिकालाई समान शिक्षा दिक्षा र स्याहार सम्हार गर्न सबैलाई आग्रह पनि गर्नुभयो । यसैबीच कार्यक्रमका सबै सहभागि र अतिथिहरुले मैले हिंसा गर्दिन मैले हिंसा सहन्न भन्दै हस्ताक्षर सङ्कलन समेत गरिएको थियो । सोही क्रममा सबै अतिथि तथा सहभागिहरुले लैंगिक हिंसा विरुद्ध उभिने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा गैंडाकोट नगरपालिका भित्रका विभिन्न महिला समूहका १५४ जना अगुवा महिलाहरुको सहभागिता रहेको सहकारीका प्रमुख व्यवस्थापक रामचन्द्र सुवेदीले जानकारी दिनुभएको छ । उहाँले ९ हजार ४सय सेयर धनि गोलबन्द रहेको सहकारीले नगरपालिका भित्रका ३ वटा सेवाकेन्द्रसहित ४ स्थानबाट वित्तिय तथा गैरवित्तिय सेवा दिंदै आएको जानकारी दिंदै सन् २०१७ पछि लगातार अन्तर्राष्ट्रिय स्तरको एक्सेस ब्राण्ड अवार्ड प्राप्त गरिरहेको जानकारी दिनुभएको छ ।

सञ्चालक सदस्य राधा लामिछानेले सहजिकरण गरेको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक कुलप्रसाद पाण्डेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो । सहकारीका उपाध्यक्ष पोषणराज सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।




No comments:

Post a Comment

Post Bottom Ad