एसपीएम कलेज गैंडाकोटले मनायो १४ औं वार्षिकोत्सव - समृद्धि खबर

Pages

Breaking

Monday, December 30, 2019

एसपीएम कलेज गैंडाकोटले मनायो १४ औं वार्षिकोत्सव


समृद्धि खबर, गैंडाकोट, १४ पौष । 



सुर्यभक्त पतनादेवि ममोरिएल कलेज -एसपीएम कलेज_ गैंडाकोटले विभिन्न कार्यक्रम गरी १४ औं वार्षिकोत्सव मनाएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी १४ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

 २०६३ सालमा स्थापना भइ उच्च शिक्षा दिंदै आएको कलेजले सोमबार विविध सांस्कृतिक कार्यक्रम गरेको छ यस्तै गरी क्याम्पसका सहयोगी महानुभावहरु र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । कार्यक्रममा कलेजलाई आर्थिक सहयोग गर्ने सहयोगदाता, अन्य सहयोग गर्ने सहयोगी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभएको छ । 


कार्यक्रममा गण्डकी प्रदेशका सांसद् कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यता रहेको थियो भने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद् नेपालीले कलेजले शिक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, वडा अध्यक्ष ध्रुवराम पौडेल, नवराज कंडेल, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले कलेजको प्रगति विवरण प्रस्तुत गर्दै हाल ४ सय जना विद्यार्थी अध्ययनरत रहेको व्यहोरा जानकारी गराउनुभयो भने हाल दश जोड दुई  र स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकाय सञ्चालन भइरहेको बारे जानकारी दिनुभएको थियो । 


यसैबीच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारीले यो शैक्षिक संस्था सिङ्गो समुदायको साझाँ सम्पति रहेकाले यसको सम्बद्र्धन गर्ने काम समुदायको भएको बताउनुभएको थियो । 

यस अघि कलेजले सप्ताहव्यापीरुपमा विविध खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । सोहीक्रममा विद्यार्थीहरुका लागि भलिबल प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, टेवलटेनिस, गित र गजल प्रतियोगिता आयोजना गरेको थियो भने शिक्षकहरुका बीचमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न गरेको थियो । सबै प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई आइतबार नै पुरस्कार प्रदान गरिएको क्याम्पसले जनाएको छ ।





No comments:

Post a Comment

Post Bottom Ad