देशका विभिन्न क्षेत्रका युवाहरुसँग नवलपुरमा अन्तरक्रिया तथा छलफल - समृद्धि खबर

Pages

Breaking

Thursday, December 12, 2019

देशका विभिन्न क्षेत्रका युवाहरुसँग नवलपुरमा अन्तरक्रिया तथा छलफल

दिपक शर्मा, नवलपुर । 

नवलपुर राष्ट्रिय युवा परिषद्को युवा अनुभव आदानप्रदानको लागि देशका विभिन्न क्षेत्रबाट आएका युवा समुहसँग नवलपुरमा अन्तरक्रिया तथा छलफल गरिएको छ । नवलपुरमा रहेको जागृति बाल तथा युवा सरोकार नेपालले पर्यटकीय गन्तव्यकोरुपमा रहेको शास्वतधाम परिसरमा देशभरका १२ वटा विभिन्न संस्थाका २५ जना युवा उद्यमीहरुसँग अनुभव आदानप्रदान गरेको हो ।  

नेपालमा युवाहरुलाई उद्यमशिलतातर्फ अगाडि बढाउनको लागि र युवाहरुद्धारा सञ्चालन गरिएका विभिन्न उद्यम तथा व्यवसायहरुको अवलोकनको लागि आएको उक्त समुहलाई नवलपुरको कावासोतीमा रहेका भैसी फारम र हुप्सेकोटमा रहेको तरकारी तथा कृषि व्यवसायीहरुसँग अन्तरक्रिया तथा स्थलगत अध्ययनसमेत गराईएको राष्ट्रिय युवा परिषद्का उपसचिव देविप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । 

उक्त अध्ययन एवं अवलोकन भ्रमणमा गण्डकी प्रदेश र प्रदेश नंं ५ का विभिन्न जिल्लाहरुमा रहेका युवा उद्यमी र व्यवसायीहरुसँग अन्तरक्रिया, छलफल तथा स्थलगत अध्ययन गरिएको थियो । नवलपुरमा सञ्चालन गरिएको छलफल कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालको तर्फबाट आफ्नो संस्थाको परिचय र नवलपुरको बारेमा प्रस्तुतीकरण साथै समुहलाई स्वागत तथा विदाई गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले जानकारी दिनुभयो ।





No comments:

Post a Comment

Post Bottom Ad