बास नवलपुर उत्कृष्ट शाखाको रुपमा सम्मानित । - समृद्धि खबर

Pages

Breaking

Wednesday, December 11, 2019

बास नवलपुर उत्कृष्ट शाखाको रुपमा सम्मानित ।

नवलपुर, २५ मंसिर । 

बास नवलपुर शाखा वर्षको उत्कृष्ट जिल्ला शाखाको रुपमा मंगलवार सम्मानित भएको छ ।

 देशै भरका ७३ शाखा मध्ये उत्कृष्ट शाखाको रुपमा बासको १९ औ साधारण सभाका अवसरमा आयोजित इमान्दारिता उत्सवमा  केन्द्रय कार्यालय नेपालगञ्जमा सम्मानित भएको  सस्थाका उपाध्यक्ष बेद प्रसाद काफ्लेले जानकारी दिनु भयो । 

बास नवलपुरबाट प्रतिनिधित्व गर्नु भएका केन्द्रिय सदस्य यदुनाथ सिक्देल र जिल्ला कोषाध्यक्ष राजेन्द्र पौडेलले सम्मान ग्रहण गर्नु भएको थियो ।

 सम्मान प्रति विशेष आभार व्यक्त गदै नवलपुर शाखा अध्यक्ष लक्ष्मी पौडेलले पुरस्कारले सवैलाई अझै जिम्मेवार बन्न प्रेरित गरेको बताउनु भयो ।

 भष्ट्राचार विरुद्ध शुन्य सहनशिलताका साथ सबैलाई सुसुचित गर्न र पुर्ण रुपमा शुसासन स्थापना गर्न बास नवलपुर सधै क्रियाशिल रहने सचिव तेजेन्द्र रानामगरले जानकारी दिनु भयो । 

No comments:

Post a Comment

Post Bottom Ad