देवचुली उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

देवचुली उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

"  ५- कोठे पक्कि भवनको उद्घाटन  "


समृद्धि खबर, गैंडाकोट ।
 देवचुली उद्योग वाणिज्य संघको चांैथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार संघको सभाहलमा आयोजित भव्य समारोहका बीच चौंथो साधारणसभा सम्पन्न हुनुका साथै ५ कोठे पक्कि भवनको उद्घाटनसमेत गरिएको हो । संघका अध्यक्ष रेशमलाल सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा देवचुली नगरपालिकाका नगर–प्रमुख पूर्णकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । भवन उद्घाटन गर्दै नगर–प्रमुख श्रेष्ठले संघले यस क्षेत्रका उद्योगी, व्यवसायीका पीर मर्कामा मलम लगाउँने काम गरिरहेको भन्दै संघको प्रशंसा व्यक्त गर्नुभयो । 

नगर–प्रमुख श्रेष्ठले नगरपालिको ‘समृद्ध देवचुली’ बनाउने अभियानमा सहयोग पु¥याउँदै आएको भन्दै संघलाई नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

करिब २२ लाख रुपैयाँको लागतमा ५ कोठे पक्कि भवनको निर्माण सम्पन्न गरिएको संघका अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । २२ सय स्वायर फुट क्षेत्रफलमा फैलिएको भवन २ वर्ष भित्रै निर्माण सम्पन्न भएको हो । संघका संस्थापक लोकप्रसाद भुर्तेल र तेजप्रसाद न्यौपानेले उपलब्ध गराएको करिब ५ कठ्ठा क्षेत्रफलमा संघको कार्यालय भवनको निर्माण गरिएको हो ।

२०७१ सालमा स्थापना भएको संघले छोटो समयमै नेपाल उद्योग वाणज्य महासंघमा आवद्धता जनाएको छ भने आफ्नै जग्गामा भवन निर्माण सम्पन्न गर्नुलाई संघको महत्वपूर्ण उपलब्धीकारुपमा समेत लिइएको छ । यस क्षेत्रका उद्योगी, व्यवसायी, सामाजिककर्मी, नगरपालिकाको सहयोगमा भवनको निर्माण सम्पन्न गरिएको हो । सोही अवसरमा भवन निर्माण गर्न सहयोग गर्ने १३५ जना उत्कृष्ट सहयोगदातालाई सम्मानसमेत गरिएको छ । उनीहरुलाई दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । यस्तै उत्कृष्ट सहयोगी दाताहरुका नामांकत शिलालेखकोसमेत अनावरण गरिएको छ ।

कार्यक्रममा देवचुली वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो नेतृत्वमा भवनको निर्माण सम्पन्न, संघलाई नेपाल उद्योग वाणिज्य महासंघमा आवद्धता, दोस्रो देवचुली महोत्सब सफलतापूर्वक सम्पन्न, व्यवसायीलाई करशिक्षा, वित्तिय शिक्षा, व्यवसायीक वातावरण निर्माण, आगलागी पीडितलाई राहत प्रदानलगायत कार्य गर्दै आएको भन्दै व्यवसायीको सुख, दुःखको साथी बन्ने प्रयास गरेकोे धारणा राख्नुभएको थियो । 

   अध्यक्ष सापकोटाले आगामी दिनमा देवचुली नगरपालिकासँग समन्वय गरी नगरभित्र औधोगिक क्षेत्रको सम्भावना खोजी गर्ने यस्तै दलदले–धौबादी, डेडगाउँ–भिमाद हुँदै खैरहनी–पोखरा जोड्ने सडकलाई बिस्तार गरी ४ लेनको बनाउन सके यहाँको व्यवसायीक सम्भावना बलियो हुने भएकाले सो अभियानमा केन्द्रित हुने बताउनुभयो । उहाँले नगर भित्रका सबै उद्योगी, व्यवसायीका पक्षमा कामगर्दै जाने प्रतिबद्धतासमेत जनाउनुभयो । आगामी दिनमा उद्योग, व्यवसायीलाई परेको समस्या समाधानका निम्ति सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारीले हरेक उद्योगी, व्यवसायीहरु  नीति, नियम र आचारसंहिता भित्र काम गर्नुपर्ने भन्दै व्यवसायिक सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर अध्यक्ष प्रेमा खनाल, नेपाली कांग्रेस नगर उपसभापति रबिलाल सापकोटाले मन्तब्य राख्दै संघले व्यवसायी प्रवद्र्धनका निम्ति काम गरेको भन्दै प्रशंसा गर्दै आगामी दिनमासमेत व्यवसायीक वातावरण निर्माण गर्न सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका विभिन्न जनप्रतिनिधि, संघका पूर्व अध्यक्ष धर्म बस्याल, उद्योगी, व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

संघका कोषाध्यक्ष भेषराज न्यौपानेले आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रममा भवन निर्माण समितिका संयोजक लोकप्रसाद भुर्तेलले भवन निर्माण समितिको आर्थिक प्रतिवेदन (शिलान्यासदेखि भवन निर्माण सम्पन्न सम्मको आयव्यय) सार्वजनिक गर्नुभएको थियो । देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम संघका महासचिव सुर्यप्रसाद दवाडीको सहजीकरणमा सम्पन्न भएको हो । 





No comments:

Post a Comment

Post Bottom Ad