सहमति संस्थामा करुणासागरको नेतृत्व - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

सहमति संस्थामा करुणासागरको नेतृत्व

गैंडाकोट, ७ पुस ।

डेड दशकदेखि सामाजिक विकासका क्षेत्रमा क्रियाशिल रहेको सहमति संस्थाको अध्यक्षमा करुणासागर सुवेदी निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न संस्थाको सातौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

नयाँ समितिको उपाध्यक्षमा लक्ष्मी भट्टराई, महासचिव नगेन्द्रप्रसाद रिजाल, कोषाध्यक्ष बेलप्रसाद पौडेल, सचिव बिमला खनाल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा होमनाथ सुवेदी र हरिप्रसाद सापकोटा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक प्रेमसागर सुवेदीले जानकारी दिनुभएको छ ।

बाँकी रहेका २ सदस्य नयाँ कार्यसमितिबाट चयन हुने व्यवस्था रहेको निर्वाचन समितिका संयोजक सुवेदीले जानकारी दिनुभएको छ । यसैबीच नवनिर्वाचित अध्यक्ष सुवेदीले संस्थाको निति, विधी र पद्धतिअनुसार अघि बढ्दै सामाजिक विकासमा लागिरहने प्रतिवद्धता जनाउनुभएको छ । गैंडाकोट ५ मा मुख्य कार्यालय रहेको संस्थाले यस अघि शनिबार १८ औं वार्षिकोत्सब तथा २१ औं साधारणसभा सम्पन्न गरेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad