गैंडाकोट १ मा वडा स्वास्थ्यचौकीको शिलान्यास - समृद्धि खबर

Pages

Breaking

Sunday, December 29, 2019

गैंडाकोट १ मा वडा स्वास्थ्यचौकीको शिलान्यास

समृद्धि खबर, गैंडाकोट, १३ पौष । 

गैंडाकोट नगरपालिका वडा नंं. १ मा वडा स्वास्थ्यचौंकीको शिलान्यास गरिएको छ । आइतबार एक समारोहका बीच गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले वडा स्वास्थ्यचौंकीको शिलान्यास गर्नुभएको हो ।
 कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले वडावासीलाई घरदैलोमै स्वास्थ्य सेवा दिन वडा स्वास्थ्यचौंकी बनाउने बताउनुभयो । स्थानीय पौडेल परिवारबाट प्राप्त जग्गामा भवन बन्न लागेसँगै नगरप्रमुख पौडेलले जग्गादातालाईसमेत आभार प्रकट गर्नुभयो । 

समारोहमा गैंडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले नेपाल सरकारको एक वडा, एक स्वास्थ्यचौंकी बनाउने नीतिअनुरुप वडामा स्वास्थ्यचौकी बनाउन लागिएको बताउँदै ४ महिनामै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभएको छ । 

स्थानीय वडावासी टंकनाथ पौडेल, चुमालक्ष्मी पौडेल, धनपति पौडेल, झंकनाथ पौडेल, मेघनाथ पौडेल, डण्डपाणी पौडेल र खेमराज पौडेलले वडा स्वास्थ्यचौंकी र वडा कार्यालय निर्माण गर्ने उद्धेश्यले वडालाई साढे २ कठ्ठा क्षेत्रफल जग्गा उपलब्ध गराएपछि सोही स्थानमा वडा स्वास्थ्यचौंकी शिलान्यास गर्न लागिएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ । 


वडावासीलाई सहजरुपमा घरदैलोमै सबै सेवा दिने योजना रहेकाले छिट्टै वडा कार्यालयसमेत यसै स्थानमा बनाउने वडा अध्यक्ष सापकोटाले विश्वस्त पार्नुभएको छ । उहाँले जग्गा दातालाई आभार व्यक्त गर्दै वडाको समृद्धिका निम्ती सबै वडाबासीलाई थप हातेमालो गर्नसमेत आहब्बान गर्नुभएको छ । 

अहिले स्वास्थ्य चौकीको लागि भवन शिलन्यास गरिएपनि पछि सोही जग्गाको नजिक वडा कार्यालयको पनि भवन निर्माण गरिने योजना रहेको वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाले वडाको विकास र वडावासीको हितका लागि जग्गा उपलब्ध गराउने काम महान काम भएको भन्दै दाता परिवार प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

बैद्धिक विधीपूर्वक शिलान्यस गरीएको सो समारोहमा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यलगायत वडावासी एवं सरोकारवालाको उपस्थिति रहेको थियो । 







No comments:

Post a Comment

Post Bottom Ad