सबैको पहुचँमा स्वास्थ्य सेवा पु¥याउन गैंडाकोट नगरपालिकामा धमाधम स्वास्थ्य शिविर - समृद्धि खबर

Pages

Breaking

Monday, December 16, 2019

सबैको पहुचँमा स्वास्थ्य सेवा पु¥याउन गैंडाकोट नगरपालिकामा धमाधम स्वास्थ्य शिविर

गैंडाकोट, १ पौष ।

 गैंडाकोट नगरपालिकामा धमाधम स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सबै नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा दिने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

 विशषगरी आर्थिकरुपमा पछाडि परेका बृद्धबृद्धा तथा बालबालिकाहरुलाई स्वास्थ्य सेवा दिने उद्धेश्यले शिविरलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा अघि बढाइरहेको नगरप्रमुख पौडेलले जानकारी दिनुभएको छ । 

सोही अन्तर्गत आज गैंडाकोट ८ को विजय आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बृद्धबृद्धालगायत महिला र बालबालिकालाई लक्षित गर्दै अहिले शिविर सञ्चालन गरिएको हो । यस अघि हिजो सहज सामुदायिक अस्पतालमा शिविर सम्पन्न गरिएको थियो भने अमरापुरी स्वास्थ्य चौकीमा समेत सम्पन्न भइसकेको छ । यस्तैगरी भोली बुधबार गैंडाकोट ५ स्थित कुशुमघाट टोल विकास संस्थामा शिविर हुने बताइएको छ ।  यस्तैगरी गैंडाकोट १८ स्थित रतनपुरमा समेत स्वास्थ्य शिविर छिट्टै आयोजनाको तयारी गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । 

शिविरबाट सबै नगरवासीलाई  सेवा लिन  नगरपालिकाले  आग्रहसमेत गरेको छ । 

No comments:

Post a Comment

Post Bottom Ad