६ महिनामा गैंडाकोट उज्ज्यालो नगर बन्छ : नगरप्रमुख पौडेल - समृद्धि खबर

Pages

Breaking

Sunday, December 29, 2019

६ महिनामा गैंडाकोट उज्ज्यालो नगर बन्छ : नगरप्रमुख पौडेल

पूर्णप्रसाद खराल राजन ।


गैंडाकोट, १४ पौष । गैंडाकोट नगरपालिका अबको ६ महिनाभित्र उज्ज्यालो नगरपालिका बन्ने गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले खुलासा गर्नुभएको छ । आफुहरुले निर्वाचनका ताका नगरवासीसँग गरेको बाँचा अनुसार नै उज्ज्यालो नगर बनाउन लागि परेको उहाँले दाबी गर्नुभयो । समृद्धि खबरसँग विशेष कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नगरपालिका भित्र वडा नंं. ३ र १८ स्थानीय निर्वाचन पूर्व उज्ज्यालोबाट बञ्चित भएको भएपनि जनप्रतिनिधि आइसकेपछि विधुतिकरणको कामलाई प्राथमिकतामा राखेर कार्य गरिएसँगै अब वडावासी तथा नगरवासीलाई पूर्ण उज्ज्यालो नगरपालिकाको प्रत्याभूति गराउन लागिएको पौडेलले बताउनुभएको हो । 

उहाँले वडा नंं. १८ मा अब विद्युत पु¥याउन केहि काममात्र बाँकी रहेकाले ६ महिना भित्रै सकेपश्चात उज्ज्यालो नगर घोषणा  गर्न सकिने बताउनुभयो । नगरपालिकाको सिमित साधन र स्रोतका बाबजुत संघीय सरकार र प्रदेश सरकारसँग विकास निर्माणका सबालमा समन्वय गरिरहेको उहाँको भनाइँ थियो । 





No comments:

Post a Comment

Post Bottom Ad