आगलागीमा ३३ लाखको क्षति / पीडितलाई सहयोग रकम जुट्दै - समृद्धि खबर

Pages

Breaking

Thursday, December 5, 2019

आगलागीमा ३३ लाखको क्षति / पीडितलाई सहयोग रकम जुट्दै

नवलपुर, १९ मंसिर ।

देवचुली नगरपालिका २ शाश्वतधाम अगाढि मंगलवार विहान लागेको आगालागि पिडितहरुलाई सहयोग जुट्ने क्रम सुरु भएको छ ।  मंगलवार विहान दुई वटा पसल भएको टहरामा आगलागि भएको थियो । 

आगलागिमा मोटर पार्टस र किराना पसलका सामान जलेर नष्ट भएका थिए । दुवैको गरि ३३ लाखको  क्षति भएको छ । मोटर पार्टसमा २२ लाख र किराना पसलमा ११ लाख गरि ३३ लाखको क्षति भएको थियो । 

पिडितलाई दिव्य युवा समाज दुम्कौली र स्थानिय व्यवशायि ले सहयोग गरेका छन् । आवासीय रुपमा रहदै आएका तुलसी प्रसाद जैसीलाई तत्कालका लागि दिव्य युवा समाज दुम्कौलीको तर्फबाट क्लवका अध्यक्ष यमनाथ बास्ताकोटी, उपाध्यक्ष विनोद सिलवाल, उक्त वडाका वडा अध्यक्ष माधव केसी र स्थानिय युवाहरुको उपस्थीमा ओड्ने ओछ्याउने वेड  सेट पिडितलाई सहयोग गरेको छ ।

 यस्तै स्थानिय वलराम पुरीले किचन सेट प्रदान गरेका छन भने स्थानिय व्यवशायिहरुले खाद्यान्न र उनका बालबालिकाहरुलाई लत्ताकपडा प्रदान गरेका थिए ।




No comments:

Post a Comment

Post Bottom Ad