उद्यमशिलतामा युवालाई जोडदिनु पर्ने ः मुख्यमन्त्री राई - समृद्धि खबर

Pages

Breaking

Sunday, December 29, 2019

उद्यमशिलतामा युवालाई जोडदिनु पर्ने ः मुख्यमन्त्री राई

समिर परियार, बिराटनगर, १४ पौष ।


‘उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’  भन्ने मुल नाराका साथ आइतबारदेखि बिराटनगरमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले प्रदेश नं. १ मा यो सम्मेलन आयोजना गरेको छ । प्रदेश नं. १ का १४ वटा जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको युवा सम्मेलनको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको हो  ।

 कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभयो । सोही अवसरमा भ्रमण बर्ष २०२० लाई प्रचारप्रसार गरि पर्यटनको प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री राईले युवाहरुलाई उद्यमशिलता र समाजसेवा सँगै राजनीतिमा लाग्न अनुरोधसमेत गर्नुभयो ।

नेपाल युवा परिषद प्रदेश नं. १ का संयोजक सुशिल राजवरको सभापतित्वमा भएको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागि युवाहरुलाई पर्यटन, सुचना प्रबिधि, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उधमशिलता, नेतृत्व विकास, युथ मोटिभेसनलगायतका विषयमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।

यस्तैगरी प्रदेश नं. १ का युवाहरुले प्रदेश विकासका लागि कार्ययोजना बनाई प्रदेश सरकारको प्रमुखलार्ई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताउनुभएको छ । सम्मेलनको पहिलो दिन विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो । प्रदेश नं. १ का १४ वटा जिल्लाको विभिन्न समुदायको प्रनिधित्व हुनेगरी २०० बढी युवाहरुको सहभागिता रहेको छ । प्रदेश नं. ५ र प्रदेश नं. ६ का केही युवाहरू साथिहरू आ–आफ्नो प्रदेशको प्रतिनिधित्व गरेर आएका छन् । सम्मेलनको पहिलो दिन युवा नेतृत्व, जलवायु परिवर्तन, युवा उद्यमशिलताजस्ता विषयवस्तुमा केन्द्रित रहेर शेसनहरु सञ्चालन भएको थियो ।

युवा नेतृत्व विषय सहजीकरण नेपाल युवा परिवर्तन केन्द्रीय समितिका प्रमुख सल्लाहकार राजन कोईराला, जलवायु परिवर्तन सहजीकरण नेपाल युवा परिषद्का केन्द्रीय सदस्य किशोर न्यौपाने र युवा उद्यमशिलता सहजीकरण नेपालका प्रख्यात उद्यमि महेज जिले गर्नुभएको थियो ।

राजनीतिमा युवा भने विषयमा प्यानल डिस्कसन् भएको थियो । प्यानल डिस्कसनकारूपमा पुर्व उद्योगमन्त्री रविन्दराज जोसी, युवा नेता गुरु बराल, संघिय समाजवादी फोरमका नेता जयराम यादव र साझा पार्टीका प्रदेश संयोजक अनिल भोटवाट हुनु हुन्थ्यो । प्यानल डिस्कसन कार्यक्रमको प्रस्तोता प्रदेश युवा सम्मेलनकी सहसंयोजक तथा नेपाल युवा परिषद् प्रदेश १ कि सदस्य मिस्टि भण्डारी रहनुभएको थियो ।

सम्मेलनको पहिलो दिन संस्कृति रात भएको थियो जस्मा प्रदेश नंं. १ का १४ जिल्लाका २०० जना युवाहरू आ–आफ्नो भेषभुषा र आफ्नो जिल्लाको खानेखुरा लिएर आउनु भएको कुरा नेपाल युवा परिषद् १ नंं. प्रदेशका प्रदेश संयोजक सुशिल राजवरले जानकारी दिनु भयो ।

सम्मेलनको दोस्रो दिन दिगो विकास लक्ष्य, कोकाकोलाको प्रस्तृति रहने र प्रदेश १ का १४ जिल्लाबाट आउनु भएका २०० युवाहरूले कार्यक्रममा कार्ययोजना प्रस्तृतिकरण गर्न र त्यो योजनाबाट प्रदेश घोषणापत्र जारी हुने बताइएको छ  । 

युवाहरूको क्षेत्रमा सकृय भएर काम र युवाहरूलाई परिचालित गर्न संस्थाका दुवै अध्यक्षहरूलाई पर्यटन वोर्डमा राख्ने कुरा सम्मेलनमा बाल्दै मुख्यमन्त्री राईले भन्नुभएको थियो र साझा परिवर्तनका लागि युवा अभियानका अध्यक्ष मंकर बुढाथोकी र नेपाल युवा परिषद्का १ नंं. प्रदेश संयोजक सुशील राजवर प्रदेश पर्यटन वोर्डमा मनोनीत भएको कुरा मुख्यमन्त्रीको कार्यालयबाट जानकारी प्राप्त भएको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad