मुख्यमन्त्री गुरुङद्वारा क्रिसमसका अवसरमा शुभकामना व्यक्त - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 24, 2019

मुख्यमन्त्री गुरुङद्वारा क्रिसमसका अवसरमा शुभकामना व्यक्त

समृद्धि खबर, गण्डकी,  १३  पौष ।


गण्डकी प्रदेसका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंगलबार शुभकामना सन्देश दिंदै उहाँले उहाँले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

 मुलुक संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाई राख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ख्रीष्टमस पर्वलेसमेत विविध धमर्, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कामय गर्ने सन्देशमा भनिएको छ ।
–रासस



No comments:

Post a Comment

Post Bottom Ad