अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गैंडाकोटमा सम्पन्न - समृद्धि खबर

Pages

Breaking

Monday, December 16, 2019

अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गैंडाकोटमा सम्पन्न

समृद्धि खबर / गैंडाकोट, ३० मंसिर ।

अमेरिकन फौजी किरा व्यवस्थापन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गैंडाकोट नगरपालिकामा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा सोमबार गैंडाकोटमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा फौजी किराको न्यूनीकरण र नियन्त्रणका लागि विभिन्न उपायसँगै यस किराका व्यवस्थापन सम्बन्धी बारे छलफल प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका कृषि बैज्ञानिक घनश्याम भण्डारीले अमेरिकन फौजी किराको विकासक्रम, यसले गर्नसक्ने क्षतिलगायत यसको व्यवस्थापन सम्बन्धी विभिन्न उपायबारे सहभागिलाई कार्यपत्रसहित सहजीकरण गर्नुभएको थियो । सोहीक्रममा कृषि बैज्ञानिक भण्डारीले मकै पालक कृषकहरुलाई अत्याधिक लाभान्वित कसरी बन्नेबारेमा सम्बोधन गर्नुभएको थियो ।

विषादीलाई औषधीकारुपमा कतिपय कृषकले चिनिरहेकाले गलत बुझाइबाट मानव स्वास्थ्यमाथी खेलवाड भइरहेको तर्फ उहाँले ध्यानाकर्षण गर्नुभएको थियो । कृषकहरुले विभिन्न खाले विषादीको अत्याधिक प्रयोग गर्दा प्रकृति र जनजीवनमा परिरहेको प्रतिकुल असर न्युनिकरण गर्न विषादीको प्रयोग न्युनिकरण गर्नुपर्ने बताउँदै जैविक विषादीबारेमा सहभागिलाई जानकारी गराउनुभएको थियो । विषादी औषधी नभइकन विष भएकाले यसको प्रयोग सकैसम्म गर्ने नहुने गरिहाले अत्यन्तै कम प्रयोग गर्नुपर्ने बारे सहभागिहरुको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाको कृषि विकास शाखाका प्रमुख एवं कृषि अधिकृत राजुप्रसाद शर्माले नगरपालिकामा पहिलो पटक अमेरिकन फौजी किरा देखिएपछि नै कृषि विकास शाखाले गंभिररुपमा समाधानको खोजी, व्यवस्थापनका उपायबारे ध्यानाकर्षण गराउँदै विभिन्न गतिविधि गर्दै आएको भन्दै अझै त्यसमा पूर्णता दिने उद्धेश्यले आज अन्तरक्रिया गरेको बताउनुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षता रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, कृषि ज्ञानकेन्द्र इकाइ नवलपुरका प्रमुख मीरा चौधरी, कृषि पत्रकार समूह गण्डकी प्रदेशका उपाध्यक्ष पूर्णप्रसाद खराल राजन, कृषक सञ्जाल गैंडाकोटका अध्यक्ष तिलक कंडेललगायत सरोकारवाला कृषकहरु, एग्रोभेट सञ्चालक गरी ४२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलले नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने गरी  गतिविधि अघि बढिरहेको भन्दै कृषि क्षेत्रलाई पूर्ण प्राथमिकता दिंदै आफु अघि बढिरहेको बताउनुभयो ।

 उहाँले कृषि क्षेत्रलाई प्राथमिकता दिन नगरपालिका भरीका सहकारीहरुलेसमेत कुनै एक खाध्यवस्तुमा लगानी गरी उत्पादनमुखी बन्नुपर्ने धारणा राख्नुभयो । कृषि क्षेत्रको प्राथमिकता बिना राज्यले अघि सारेको सुखि नेपाली समृद्ध नेपाल यस्तै समृद्ध गैंडाकोट नगरपालिकाको अभियानले सफलता पाउन नसक्ने भन्दै कृषिको क्षेत्रलाई आफुले पूर्ण प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रम नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक सुस्मिता गौतमले सहजीकरण गर्नुभएको थियो ।





No comments:

Post a Comment

Post Bottom Ad